शनिबार, माघ १०, २०७७
/
९७ लाख चोरेको आरोपमा एक सेक्युरिटी गार्ड पक्राउ
कार्तिक ३०, २०७७
  दोबाटो न्यूज
भरतपुर। चितवन प्रहरीले आफैंले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित एक सेक्युरिटी गार्डलाई पक्राउ गरेको छ।



यसरी पक्राउ पर्ने कालिका नगरपालिका–६ बस्ने ४० वर्षीय कविराज थापा हुन् । 

प्रहरीले सेक्युरिटी गार्ड थापालाई उनकै क्वार्टरको खाटमुनि झोलाभित्र र नजिकै झाडीमा लुकाइएको नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। 

प्रहरीले सेक्युरिटी गार्ड बस्ने क्वार्टरमा निज कविराज बस्ने कोठाभित्र खाटमुनि झोलाभित्र लुकाइछिपाई राखेका अवस्थामा रु ५७ लाख र सोही भवनको उत्तरपट्टि पर्खाल नजिकै झाडीमा लुकाई प्लाष्टिकको बोराभित्र लुकाई-छिपाइराखेको अवस्थामा रु ४० लाख गरी रु ९७ लाख र चोरीमा प्रयोग हुने औजारसमेत फेला पारेको बताएको छ।

लकरबाट नगद चोरीका लागि ती व्यक्तिले हेक्सा व्लेड, फलामको रड, बोरा र झोला प्रयोग गरेको भेटिएको प्रवक्ता थापाले बताए। अभियुक्त थापालाई चोरी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको उनले बताए।