बुधबार, कार्तिक ३, २०७८
/
भारतबाट नेपालमा सलह किरा भित्रियो,धानबाली बिनाश पार्ने किसानमा डर
असार १३, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। अन्ततोगत्वा सलहको समूह नेपाल छिरेको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल छिरेको कृषी मन्त्रालय स्रोतले जनाएको छ । सलहको सानो समूह शनिवार नेपाल प्रबेश गरेको हो ।



भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो ।

उक्त सलह कस्तो खालको र कति संख्यामा छन् भन्ने बारे जानकारी संकलन हुँदै गरेको र आज दिउँसो कृषि मन्त्रालयमा जुम मिटिङ हुँदै गरेको मन्त्रालय स्रोतले बताएको छ। । 


यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो।


अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो।

सलह बथानमा उड्ने फट्यांग्रा किरा । जसले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउने गर्छ । यसको समुहमा एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म किराहरू हुन्छ ।