मंगलवार, मंसिर १६, २०७७
/
ट्रम्पको रवैयाले अमेरिकीहरुनै हायल कायल,भने-'म मास्क लाउँदिन'
चैत २२, २०७६
  एजेन्सी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउने सुझाव आफ्ना लागि नभएको भन्दै मास्क प्रयोग गर्न अस्वीकार गरेका छन् ।


सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरीरहँदा ट्रम्पले भने मास्क प्रयोग नगर्ने बताएका छन् ।
 

उनले शुक्रबार जारी निर्देशन बाध्यकारी नभएको पनि बताएका छन् ।
 

उनले भने, "तपाईंले यस्तो गर्नैपर्छ भन्ने छैन, मलाई लाग्दैन कि म मास्क लगाउनेछु ।"


अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या २ लाख ८० हजार पार गरिसकेको र मृतकको संख्या पनि सात हजार नाघिसकेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३२ हजार बढी संक्रमित भेटिएका थिए ।


अहिलेसम्म अमेरिकी स्वास्थ्य अधिकारीले बिरामी र उनीहरुको हेरविचार गर्नेहरुले मात्रै मास्क लगाउनुपर्छ भन्दै आएका थिए ।


तर शुक्रबार जारी नयाँ निर्देशनमा सर्वसाधारणलाई पनि मास्क लगाउन सल्लाह दिइएको छ ।

( एजेन्सीहरु र अनलाईनको सहयोगमा )