सोमबार, फागुन २४, २०७७
/
कोरोनाबाट भुटानमा पहिलो पटक एकजनाको मृत्यु
पुष २५, २०७७
  दोबाटो न्यूज
काठमाडौं। छिमेकी देश भुटानमा पहिलो पटक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।



कोरोना संक्रमित ३४ वर्षीय एक पुरुषको शुक्रबार मृत्यु भएको भुटानी स्वास्थ्य मन्त्रालयले जनाएको छ। ती व्यक्ति कलेजो तथा मिर्गौलाको समस्याबाट पीडित भएको जनाइएको छ। 

डिसेम्बर २१ मा कोरोना पोजेटिभ देखिएका उनी जिग्मे दोर्जे वान्चुक नेशनल रेफ्रेरल हस्पिटलमा भर्ना भएका थिए।

भुटानमा हालसम्म कोरोना संक्रमितको संख्या ७ सय ७१ पुगेको छ भने ४ सय ६५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३ सय ५ रहेको छ। हालसम्म ३ लाख २१ हजार ८ सय ४४ जनाको परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दक्षिण एशियामा भुटान सबैभन्दा कम कोरोना संक्रमित हुने देश हो।

( एजेन्सीको सहयोगमा )