शनिबार, माघ १०, २०७७
/
चुनाव धाँधली भएको भन्दै ट्रम्प खेमाले दर्ता गरेको मुद्धा खारेज
कार्तिक २१, २०७७
  एजेन्सी

काठमाडौं। अमेरिकी राष्ट्रपतिको अन्तिम चुनाव मतपरिणाम हालका राष्ट्रपति ट्रम्पको पक्षमा नदेखिन थालेपछि उनले गरेको कानूनी उपचारको प्रयास पनि असफल भएको छ।  



चुनाव प्रक्रियालाई लिएर कोर्ट गएका ट्रम्प खेमालाई मिचिगन र जर्जियामा निराशा हात लागेको छ। त्यहाँ चुनाव धाँदली भएको भन्दै ट्रम्प प्रशासनले दर्ता गरेको मुद्धा अमेरिकी अदालतले खारेज गरिदिएको छ ।


मिचिगनमा ट्रम्प क्याम्पेनको तर्फबाट अनुपस्थित मतपत्रको गणना रोक्न माग गरिएको थियो । तर जर्जियामा भने अनुचित मतपत्र पनि गणना गरिएको आरोप लगाईएको थियो । तर मिचिगन कोर्ट अफ क्लेम्सका न्यायाधीश सिन्थिया स्टीफेन्सले बिहीवार मुद्धा खारेज गरिदिएका हुन् ।


जसमा मिचिगन राज्य सचिव स्थानीय गणना प्रक्रियामा सामेल नभएको बताइएको छ । यसलाई लिएर औपचारिक आदेश जारी गरिनेछ ।