शनिबार, माघ १०, २०७७
/
भारतका गृहमन्त्री अमित शाहलाई कोरोना
साउन १८, २०७७
  दोबाटो न्यूज डेस्क
काठमाडौं। भारतका गृहमन्त्री अमित शाहलाई कोभिड १९ को संक्रमण देखिएको छ।


गृहमन्त्री शाहले सामाजिक संजाल ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् ।

 

उनले आफूलाई कोरोनाको शुरुवाती लक्षण देखिएपछि गरेको परिक्षणमा नतिजा पोजेटिभ आएको जानकारी दिएका छन् ।

 

गृहमन्त्री शाहले आफ्नो स्वास्थ्य अवस्था ठीक भएको र डाक्टरको सल्लाह अनुसार अस्पताल भर्ना हुन् लागेको बताएका छन् ।

 

साथै उनले केहि दिनदेखि आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोनाको परिक्षण गर्न र तुरुन्त आइसोलेट हुन आग्रह गरेका छन् ।