शनिबार, माघ १०, २०७७
/
कुख्यात भारतीय गुण्डा नाइके विकास दुबे मारिए
असार २६, २०७७
  एजेन्सी
काठमाडौं। भारतमा ८ प्रहरीको हत्याका मुख्य अभियुक्त मानिएका गुण्डा नाइके विकास दुबे मारिएका छन् ।

बिहीबार पक्राउ परेका उनलाई लिएर प्रहरीकाे गाडी कानपुर जाँदै गर्दा शुक्रबार बिहान दुर्घटनाग्रस्त भएकाे र साे क्रममा दुबे भाग्न खाेजेपछि उनीमाथि गाेली चलाइएकाे प्रहरीलाई उद्घ्रीत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार विकास दुबेलाई कानपुर लगिँदै गरेको गाडी पल्टिपछि प्रहरी टोलीको बन्दुक खोसेर दुबेले प्रहरीमाथि नै हमला गर्ने कोसिस गरेका थिए । प्रहरीकाे जवाफी कारवाहीमा उनी पूर्ण रुपमा घाइते भएकाे र उपचारका क्रममा मृत्यु भएकाे बताइएकाे छ ।

तर यस घटनाको बिषयमा फरक र बिबादास्पद समाचार भारतीय बिभिन्न संचारमाध्यमले प्रकाशित गरिरहेका छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार घटनास्थलमा उपस्थित प्रत्यक्षदर्शीले भने, ‘हामीले फायरिङको आवाज सुन्यौं । गाडीको दुर्घटना भएको थिएन । हामीले गोलीको आवाज सुन्यौं । त्यसपछि प्रहरीले हामीलाई त्यहाँबाट भगाउने कोसिस गरे । हामी त्यहाँबाट गयौं ।’

( एजेन्सीहरुको सहयोगमा )