मतदानमा २७० सहभागी थिए। त्यसमध्ये २ मत मात्रै विपक्षमा परेको थियो। प्रतिनिधि सभाको आकार (२७५) अनुसार प्रचण्डले पाएको मत ९७.४५ प्रतिशत हो। उपस्थितिको संख्या अनुसार उनले पाएको मत ९९.२५ प्रतिशत हो।
सर्वसम्मत प्रधानमन्त्री भएको अवस्थामा बाहेक प्रधानमन्त्रीका रुपमा प्रचण्डले पाएको विश्वासको मत सर्वाधिक हो।
गणतन्त्रपछिका प्रधानमन्त्रीहरुले पाएको (निर्वाचित हुँदा/विश्वासको मत लिँदा) मत मात्रै हेर्दा पनि, प्रचण्डले आफ्नै मतको ‘रेकर्ड ब्रेक’ गरेका छन्।
२०६५ साउन ३१ गते पहिलोपटक प्रधानमन्त्री नियुक्त हुँदा संसद्/संविधान सभाबाट उनले ४६४ मत पाएका थिए। ६०१ सदस्यीय तत्कालीन सभामा उनले पाएको मत ७७.२ प्रतिशत मत (संविधानसभाको आकार अनुसार) पाएका थिए।
Dobato News All rights reserved.