बिहिवार, माघ १९, २०७९
/
साल्पासिलिछो सेवा समाज भोजपुरको नयाँ कार्यसमिति तथा उप-समितिहरुको गठन सम्पन्न
पौष २४, २०७९
  दोबाटो न्यूज संवाददाता
काठमाडौं। साल्पासिलिछो सेवा समाज भोजपुरको पुनर्गठन गरिएको छ। भोजपुरको साल्पासिलिछो गाउँपालिकाको वृहत्तर समुन्नतीमा सहभागिता तथा सहयोग पुर्याउने उद्देश्यले स्थापीत यो संस्थाको पहिलो पूर्ण कार्यसमितीको गठन एक भेलाले सम्पन्न गरेको हो।

संस्थाको अध्यक्षमा केशब अधिकारी सर्बसम्मत चयन भएका छन्।



कान्तिपुर सिटी कलेजमा आयोजना गरिएको भेलाले संस्थाको तीन उपाध्यक्षमा थपराज कट्टेल, आङबाबु शेर्पा र राम खत्रीलाई चयन गरेको छ भने महासचिवमा बिनोद अधिकारीलाई निर्वाचित गरिएको नव-निर्वाचित अध्यक्ष केशब अधिकारीले बताउनुभयो। कार्यसमितीको सचिवमा बिदुवान कुलुङ राईलाई निर्वाचित गरिएको छ भने कोषाध्यक्षको पदभार शशी रोकाहाले लिएकी छन्।

कार्यसमितीका सदस्यहरुमा देवकुमारी राई, निलिमा शेर्पा, सुदीप अधिकारी, मिना कार्की, दिपक राई, करिश्मा कार्की, रेश्मा खत्री, तिर्थ गिरी र प्रविण राई सर्बसम्मत निर्वाचित भएका छन्।


पूर्वाधार निर्माणमा अन्य पालिकाको तुलनामा साल्पासिलिछो गाउँपालिका निकै पछि रहेको र मानव बिकासका इन्डेक्स पनि निकै तल रहेको अनुभूति भएपछि पालिकाका शिक्षित, बौद्धिक, प्राबिधिक रुपमा दक्ष ब्यक्तिहरुले मिलेर पालिकालाई सहयोग गर्ने तथा स्थानीय युवालाई बिकास र सिर्जनशिलतामा उत्प्रेरित गर्न केही गर्नु पर्छ भनेर २०७७ सालमा संस्था दर्ता गरि स्थापना गरिएको संस्थापक अध्यक्ष केशब अधिकारीले बताउनुभयो।

उप-समितीहरुको गठन

अध्यक्ष अधिकारीका अनुसार संस्थामा बढी भन्दा बढी युवाको सहभागीता गराउन संस्थाले बिभिन्न उप-समितीहरु गठन गरेको छ। "यसो गर्नुको उद्धेश्य संस्थालाई सक्रिय र चलायमान बन्नाईराख्ने भन्ने हो", वहाँले बताउनुभयो।

साहित्यिक कार्यक्रम उपसमितिः

विद्यालयहरुमा आन्तरिक प्रतिस्पर्धा गरी प्रथम द्धितीय र तृतिय हुने प्रतियोगिहरु वीच प्रतिस्पर्धा गरी विद्यालय तहका पालिका स्तरीय प्रतियोगिता आयोजना गरी संकलित रचनाहरु समेत समावेश गरी ”साल्पाका सुसेली“ दोस्रो संस्करण प्रकासित गर्ने ।

संयोजक श्री शंकर राई, सदस्य श्री पर्शु विष्ट, प्रधानाध्यापक श्री विरेन्द्र मावि कुलुङ, सदस्य श्री विरेन्द्र कुमार राई, प्रधानाध्यापक श्री जाल्पा मावि चौकीडाँडा, सदस्य श्री आङटावा शेर्पा, प्रधानाध्यापक श्री जाल्पादेवी मावि खाटम्मा, सदस्य श्री भरत खत्री, प्रधानाध्यापक श्री सालेवा मावि दोभाने, सदस्य श्री खगेन्द्र चौहान, प्रधानाध्यापक श्री ठोटनेरी मावि ठोटनेरी र सदस्य श्री विनोद गिरी, प्रधानाध्यापक श्री इन्द्रावती मावि, दोभाने।

अतिरिक्त कृयाकलाप उपसमितिः

विद्यालय स्तरमा विभिन्न अतिरिक्त कृयाकलाप संचालन गर्ने।

संयोजक श्री लिला घले, सदस्य श्री डम्वर गिरी, सदस्य श्री मोहन गुरुङ, सदस्य श्री शम्भु राई र सदस्य श्री तेजेन्द्र राई

शैक्षिक उन्नयन उपसमितिः

विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सवै किसिमका कार्यहरु गाउपालिकासँग समन्वय गरी संचालन गर्ने।

संयोजक डा. प्रल्हाद कार्की, मेनेजिङ डाइरेक्टर, कान्तिपुर सिटी कलेज, काठमाडौं, सदस्य श्री राजु कट्टेल, क्याम्पस प्रमुख, कान्तिपुर सिटी कलेज, काठमाडौं, सदस्य श्री विष्णुकुमार कार्की, सदस्य श्री केशव अधिकारी र सदस्य श्री रविन्द्र अधिकारी।

आर्थिक व्यवस्थापन उपसमिति:

संस्थाको कोष वृद्धि लगायत विभिन्न कार्यक्रम संचालन गर्न आवश्यक वजेटका लागि समन्वय र व्यवस्थापन गर्ने।

संयोजक श्री थपराज कट्टेल, सदस्य श्री शशि रोकाह, सदस्य श्री सुदीप अधिकारी, सदस्य श्री रेश्मा खत्री र सदस्य श्री प्रविण राई।

प्रचार प्रसार उपसमितिः

संस्थाले सम्पादन गर्ने र संस्थाले गरेका अन्य कार्यहरु सवैका जानकारीका लागि सरल पहूँच हुने गरी आवश्यक व्यवस्थापन गर्ने।

संयोजक श्री शम्भु कट्टेल, सदस्य श्री राजेश राई, सदस्य श्री सुदीप अधिकारी, सदस्य श्री विदुवान कुलुङ राई, सदस्य श्री सुजन राई, सदस्य श्री भीम राई र सदस्य श्री गोविन्द राई।

संस्थाका सल्लाहकारहरु:

यससँगै संस्थाले पछि थप्न सक्ने गरि सल्लाहकार समिति पनि गठन गरेको छ।

श्री मुकुन्दवहादुर वस्नेत, श्री वावुराम वस्नेत, श्री पवन आलोक, श्री चन्द्र खत्री, डा. प्रल्हाद कार्की, श्री भविन्द्र खत्री, श्री राजेन्द्र अधिकारी, श्री महेश राई, श्री खगेन्द्र राई, श्री रविन्द्र अधिकारी, श्री विष्णुकुमार कार्की, श्री रमेश कुमार कार्की, श्री भीम गिरी, श्री छिरिङ शेर्पा, श्री जुद्धवहादुर चौहान, श्री दिपकवहादुर अधिकारी, श्री धनमायाँ राई, श्री शिवकुमार राई, श्री विक्रम वन, श्री दिनेश घले, श्री गणेश घले, श्री संजीव रोकाहा र श्री पर्शुराम अधिकारी।