बुधबार, श्रावन १३, २०७८
/
निषेधाज्ञाको नियमलाई लत्याएर दिउँसै पसल खोलेको आरोपमा भाटभटेनीका म्यानेजर पक्राउ
जेठ २४, २०७८
  दोबाटो न्यूज
काठमाडौं। निषेधाज्ञाको नियमलाई लत्याएर दिउँसो पसल खोलेको आरोपमा प्रहरीले कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङलाई पक्राउ गरेको छ ।



काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था भए पनि दिउँसो खुला राखेकाले गुरुङ पक्राउ परेका हुन् ।

"अनुगमनको क्रममा पुग्दा डिपार्टमेन्ट स्टोर खोलेको पाइएपछि एक जनालाई नियन्त्रणमा लिएका छौ। थप अनुसन्धान भइरहेको छ," महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले भने।

कोटेश्वरको भाटभटेनी डिपार्टमेन्ट स्टोरले अघिल्लो लकडाउनको समयमा पनि नियमको उल्लंघन गरेर पसल खोल्ने गरेको उजुरी पटक पटक आउने गरेकोमा यसपटक भने उन्मुक्ति दिन नसकिने प्रहरीले जनाएको छ।