सोमबार, फागुन २४, २०७७
/
कोरोनाबिरुद्धको १ लाख डोज खोप पर्सि नेपाल आउँदै
माघ ६, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। कोरोना भाइरसविरुद्ध खोपको पहिलो लट बिहीबार नेपाल आउने भएको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ‍अनुसार हाललाई १ लाख डोज खोप भारतले अनुदानस्वरूप दिन लागेको हो। मन्त्रालयका अनुसार १ लाख डोज खोप नेपाल आएपछि नेपालस्थित भारतीय दूतावासले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने र सुरुमा फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी लगायतलाई यसको पहिलो डोज दिइने छ। 

गत हप्ता नेपाल सरकारले ‘कोभिसिल्ड’ खोपको आपतकालीन प्रयोगलाई अनुमोदन गरेको थियो । भारतले छिमेकी देशहरुका लागि सीरम इन्स्टिच्युटको कोभिसिल्ड र बायोटेकको कोभ्याक्सिनका १० मिलियन डोज छिमेकीलाई प्रदान गर्ने निर्णय यस अघि नै गरेको थियो ।

गत माघ १ गते परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा नेपाललाई कोरोनाको खोप दिने भारतीय पक्षले बताएको थियो । मन्त्री ज्ञवालीले भारतले कोरोनाको खोप दिने विषयमा छलफल भएको बताएका थिए ।