मंगलवार, फागुन २५, २०७७
/
सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु
माघ ५, २०७७
  दोबाटो न्यूज
सोलु। सोलुखुम्बुमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। सोलुदुधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमाना स्थित महादेव भिरमा टिप्पर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। एकजना घाईते छन्।



सो टिप्परले दुधकोशी सोलुखोला जलविद्युत आयोजनामा सामान ओसारपसार गर्ने गरेको प्रहरीले बताएको छ।

आइतबार राती करिब ११ः३० बजे बा ४ ख ७९८० नम्बरको सो टिप्पर दुर्घटनामा पर्दा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौडाका अन्दाजी ३३ वर्षका राम कुमार मगर, सप्तरीका १९ बर्षिय कृष्ण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङले जानकारी दिए।  उनकाअनुसार चालक मगरको ठेगाना खुलेको छैन।   

हेटौडाका २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु ल्याइएको छ।