शनिबार, माघ १०, २०७७
/
नेपाल अवसरको खानी भएको देश हो तर सामूहिक सोचले काम गरे मात्रै देश बन्छ:शिक्षाविद् उमेश श्रेष्ठ
पुष २७, २०७७
  दोबाटो संवाददाता

काठमाडौं। शिक्षाबिद् तथा हाल बिघटीत प्रतिनिधि-सभाका सांसद उमेश श्रेष्ठले नेपाल अवसरै अवसरको खानी भएको देश बताएका छन्।



प्रकृतीले अनुपम उपहार दिएको नेपालमा दूरदर्शी बनेर काम गरे जोकोही पनि सफल हुने उनले बताएका हुन्।


समुत्थान बहुउद्धेश्यीय सहकारी संस्थाको कारोबारको काठमाडौंमा उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्। शिक्षा र स्वास्थ्य देशलाई जहिलेपनि नभईनहुने बिषय भएकोले यस्ता क्षेत्रमा मूलरुपमा सरकारले हेर्नुपर्ने उनले बताए।

 

"निजी क्षेत्रपनि संस्थागत सोचबिना अब पटक्कै चल्न सक्दैन त्यसैले अबको ब्यवसायीक परिवेशमा कसैले एक्लै संस्था सफल पार्छु भनेर नसोचे हुन्छ", बैंक तथा रिटेल क्षेत्रमा पनि सफल उनले दावाका साथ भने, "हाम्रो देशमा मानिसलाई आजको भोली धनी भैहाल्नुपर्ने सोच छ, तर यो सोच ब्यवसायीक सोच हैन।" देशमा बैंकमा टन्न पैसा भएको तर नयाँ ब्यवसायमा  जाने चुनौती लिन मानिसहरुले आँट गर्नुपर्ने उनले बताए।

आफू र आफ्नो टिमले अब कृषिलाई प्राथमिकतामा राखेको र नयाँ युवाहरुलाई यस्तो कामको लागी आफूलाई साथ दिन उनले आह्वान पनि गरे। उनले भोजपुरमा एकहजार रोपनीमा कागती खेती र चितवनमा जीवबिज्ञान र बनस्पती बिज्ञानमा काम गर्न लागेको जानकारी दिए। 

 

बैंकमार्फत देशमा धनाढ्य मानिसहरु झन धनाढ्य भएको भन्दै उनले गरिव तर उद्धमशील मानिसहरुलाई बैंकले माथी उकास्नुपर्ने मत उनले जाहेर गरे। राष्ट्र बैंकले सहकारी संस्थाहरुलाई बिश्वासमा लिन सक्नुपर्ने पनि उनको भनाई थियो।

 

कार्यक्रममा सेन्चुरी कमर्शीयल बैंकका अध्यक्ष राजेश श्रेष्ठ, वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव प्रसाद तिमल्सीना, उदयपुर सिमेन्ट उद्दोग लिमिटेडका नवनियुक्त महाप्रवन्धक गोपी न्यौपाने लगायतले आफ्ना बिचार र सुझाब पेश गरेका थिए।

 

कार्यक्रम संस्थाका अध्यक्ष श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। नरेफाँट, जडिबुटीमा पूर्ण संचालनमा आएको सहकारीले एकदमै नयाँ शैली र ब्यवसायीक चुस्त टिममार्फत आफ्नो कार्य अगाडी बढाउने अध्यक्ष श्रेष्ठले बताए।