संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ८ सय ४६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ जसमध्ये ५१ हजार १ सय १६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९३ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता मलेसिया, साउदी अरब, जापान, दक्षिण अफ्रीका, युके, भारत, युएईमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।
Dobato News All rights reserved.