शनिबार, माघ १०, २०७७
/
प्रचण्ड आज स्वदेश फर्कंदै,पत्नी सीताको स्वास्थ्य सुधारोन्मुख
पुष २५, २०७७
  दोबाटो संवाददाता
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट आज शनिबार स्वदेश फर्किने भएका छ्न्।



प्रचण्डको सचिवालयका अनुसार उनी शनिबार दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेका हुन्।

दाहाल गत सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको राजधानी नयाँदिल्ली हुँदै मुम्बई गएका थिए । सीताको उपचारका लागि दाहालसँगै छोरीहरु रेणु र गंगा पनि मुम्बई गएका थिए । सचिवालयका अनुसार छोरी रेणु पनि नेपाल फर्किंदै छिन्। 

श्रीमती सीता दाहालको अहिले मुम्बईकै न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार भइरहेको छ। उनको स्टेम ट्रान्सप्लान्ट गरिएको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताईएको छ। उनी थप उपचारको लागी अरु केही दिन भारतमै रहने भएकी छिन्।

उपचारको सिलसिला

दाहाललाई यसअघि उपचारका लागि प्रचण्डले २०७५ साउनमा सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगेका थिए। सो अस्पतालले सीतालाई लागेको रोग प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) भएको पुष्टि गरेको थियो।
 

२०७५ चैत ३ गते अमेरिकाको जोन हकिन्स अस्पताल लगेर पनि उपचार गराइएको थियो।


यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जली योगपिठमा लगेर आयुर्वेदिक विधिबाट पनि सीताको उपचार गरिएको थियो।


अहिले भारत लानुअघि दाहालको मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो।